आ.ब.२०७४/७५ को ज्यामी ज्याला, ढुवानी रेट तथा निर्माण सामग्रीहरुको स्वीकृत जिल्ला दररेट स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीको विवरण गुल्मी जिल्लाका कार्यकारी अधिकृतहरुको विवरण जिल्ला वास रणनीतिक योजना २०७३ गाउँपालिका वा नगरपालिकामा व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धि निर्देशन गुल्मी जिल्लाको गाउँपालिका र नगरपालिकाको नाम,संख्या,सिमाना,केन्द्र र वडाको सिमाना सहितको विवरण (राजपत्रमा प्रकाशित) आ.ब.२०७३/७४ को ज्यामी ज्याला, ढुवानी रेट तथा निर्माण सामग्रीहरुको स्वीकृत जिल्ला दररेट इलाकास्तरीय योजना तर्जुमा गोष्ठी २०७३ समय तालिका आ.व. २०७३/७४ को निर्वाचन क्षेत्र कार्यक्रम गुल्मी जिल्लाको पूर्णसरसफाइ रणनीतिक योजना

संक्षिप्त परिचय

वर्तमान नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलको एक गुल्मी जिल्लामा हालको जिल्ला विकास समितिको कार्यालयको इतिहासलाई हेर्ने हो भने वि.सं. २००८ सालमा ग्राम विकास संस्थाको नाम वाट शुरु भएको पाइन्छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा स्थापना भएको उक्त संस्थाको पहिलो प्रमुखको रुपमा धर्म बहादुर थापा थिए । उक्त संस्थाको प्रमुखलाई BDO (Block Development Officer) भन्ने गरिन्थ्यो ।
त्यसै गरी २०१८ सालपछि उक्त संस्थाको नाम परिवर्तन गरी त्रिभुवन ग्राम विकास नामकरण गरियो भने २०२० सालदेखि करिब २०२६/०२७ सालसम्म जिल्लाको प्रशासन तथा विकास निर्माण सम्बन्धी कार्य जिल्ला पञ्चायत कार्यालयको नामबाट सञ्चालन हुने गरेका थिए । केन्द्रीय स्तरमा पहिला गृह पञ्चायत मन्त्रालयको नामबाट मन्त्रालय रहेका कारण जिल्लाको शान्ति सुरक्षा ब्यवस्थापन गर्ने पदाधिकारी र जनप्रतिनिधिहरू एउटै निकाय अन्तरगत रहने र जिल्ला पञ्चायतको सचिवको काम प्रमुख जिल्ला अधिकारीले गर्ने ब्यवस्था थियो । २०२७/०२८ सालमा जिल्ला कार्यालयको छुट्टै ब्यवस्था भएपछि जिल्ला पञ्चायत कार्यालय छुट्टै रहने र त्यसको प्रमुख पंचायत विकास अधिकारी रहने ब्यवस्था भएको पाईन्छ । पहिलो पंचायत विकास अधिकारीको रुपमा टंकनाथ पथिकले कार्यभार सम्हालेका थिए ।
२०३९ सालको विकेन्द्रीकरण ऐन लागू भएपछि जिल्ला पञ्चायतलाई जिल्ला पञ्चायत सचिवालयको नामाकरण गरी विकाससंग सम्बन्धीत जिल्ला स्थित विभिन्न कार्यालयहरूलाई जि.पं. सचिवालय अन्तरगत शाखाको रुपमा राखियो र २०४२ सालमा विकेन्द्रीकरण नियमावली जारी भएपछि जिल्लामा रहने विकाससंग सम्बन्धीत सवै विषयगत कार्यालयहरू जिल्ला पंचायत सचिवालय अन्तरगत शाखाको रुपमा रहने ब्यवस्था गरियो।
जनताको प्रतिनिधिको संस्थाको रुपमा २००८ सालमा स्थापना भएको यो संस्था पहिला ग्राम विकास संस्था, त्रिभुवन ग्राम विकास, जिल्ला पंचायत कार्यालय, जिल्ला पंचायत सचिवालय हुदै २०४६ सालको जन आन्दोलनबाट देशमा प्रजातन्त्रको पुनस्र्थापना पछि जिल्ला विकास समितिमा परिणत भएको छ । यसले आफनो स्थापनाकाल देखि नै कहिले गाउ“ फर्कको नामबाट वा मनोनित गर्ने प्रक्रियाबाट वा जनताका गाऊ स्तरका प्रतिनिधिबाट चुनिएर वा अन्य कुनै प्रक्रियाबाट जनताका प्रतिनिधि रहने गरेकोमा देशको राजनैतिक कारणले २०५९ देखि जनतप्रतिनिधि विहिन अवस्थामा जि.वि.स. अगाडि बढिरहेको छ । हुनत यस वीचमा २०५९ श्रावणदेखि २०६० चैत्रसम्म र २०६१ श्रावण देखि २०६२ आषाढसम्म स्थानीय विकास अधिकारीको अध्यक्षतामा विषयगत कार्यालयका प्रमुख/अन्य कार्यालयका कर्मचारी प्रतिनिधिहरू रहेको जिल्ला विकास समिति सञ्चालन समिति गठन गरी कर्मचारीहरूबाट मात्र जिल्ला विकास समिति, जिल्ला परिषद लगायतका जिम्मेवारीहरू निर्वाह हुदै आएको थियो । राजनितिक अस्थिरताका कारण राजाले सत्ता आºनो हातमा लिएको अवस्थामा सरकारले २ पटक सम्म प्रतिनिधी मनोनित गरेर जिल्ला विकास समिति गठन पनि गरेको थियो तर राजनितिक दलहरूको अगुवाईमा भएको जनआन्दोलनले त्यसलाई टिक्न दिएन र २०६२/०६३ को आन्दोलनले मुलुकमा गणतन्त्र स्थापना भएको छ । भने २०६३ को शुरुदेखि सरकारले जि.वि.स. सभापतिले गर्ने काम, जिल्ला विकास समितिले गर्नुपर्ने काम, जिल्ला परिषदले गर्नु पर्ने काम लगायतका कार्यहरू स्थानीय विकास अधिकारीको एकल बोर्ड मार्फत सम्पादन हुदै आईरहेको छ । जिल्लाको विकासको लागि हालसम्म जिल्ला विकास समिति, गुल्मीमा विभिन्न व्यक्तिहरूले सभापति र स्थानीय विकास अधिकारीको पदमा बसेर कार्य गरिसक्नु भएको कुरा जिल्ला विकास समितिको अभिलेखमा रहेको छ । जसको विस्तृत जानकारी छ ।
वर्तमान ब्यवस्था अनुसार जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूको सहयोग, समन्वय र सल्लाह सुझाव बमोजिम गत विगत वर्षहरूदेखि नै जिल्लाको समग्र विकास निर्माण लगायत सामाजिक क्षेत्रका कार्यहरू जि.वि.स.को कार्यालयले सम्पादन गर्दै आईरहेको छ ।

१. जिल्लाको नामकरण तथा ऐतिहासिक पृष्ठभूमि
पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्ला मध्येको एक जिल्ला गुल्मी सो अञ्चलको उत्तरी सिमानामा अवस्थित छ । संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छविकाल र मध्यकालमा सैनिक गुल्म रहने भएकोले यसलाई गुल्मी भनी नामकर गरिएको हो भन्ने भनाइ रहेको छ ।

२. जिल्लाको भौगोलिक अवस्था, सिमाना तथा क्षेत्रफल
क) अक्षांश :–२७° ५५’ देखि २८° २७’ सम्म उत्तरी अक्षांश
ख) देशान्तर :–८३° १०’ देखि ८३° ३५’ सम्म पूर्वी देशान्तर
ग) उचाई :– ४६५ मि. (रिडि) देखि २६९० मि. (थाप्लेको लेक)
घ) पूर्व पश्चिम सरदर लम्बाई :– ४० कि. मि.
ङ) उत्तर दक्षिण सरदर चौडाई :– ३० कि. मि.
च) क्षेत्रफल :– १,१४९ वर्ग कि. मि. (१,१४,९०० हेक्टर)
छ) सिमाना :– पूर्व :– स्याङ्जा, पर्वत पश्चिम :– प्यूठान उत्तर :– वाग्लुङ दक्षिण :– पाल्पा, अर्घाखाँची

३. भौगोलिक विभाजन
भौगोलिक बनावटको आधारमा यस जिल्लालाई ३ क्षेत्रमा विभाजन गरिएको छ ।
क) उच्च भूमि :– ७००० फिट देखि ९००० फिट सम्मको उचाइ भएको पूर्व पश्चिम भई फैलिएको महाभारत श्रृंखला यस क्षेत्रमा पर्दछ । रेसुङ्गा लेक, थाप्लेको लेक, धार दिने गुफा यस क्षेत्रका प्रसिद्ध ठाउँरू हुन ।
ख) मध्य पहाडी भूमि :– ३००० फिट देखि ७००० फिटसम्म उचाइ भएको भूभाग यस क्षेत्रमा पर्दछ । तम्घास, इस्मा, धुर्कोट, चारपाला, बलेटक्सार पुर्कोट दह यस क्षेत्रका प्रमुख स्थानहरू हुन् ।
ग) होचो समथर भू–भाग :– १५२५ फिटदेखि ३००० फिटसम्म उचाई भएको भूभाग यस क्षेत्रमा पर्दछ । चौरासी, मजुवा, जुहाङ, वामीटक्सार, पुर्तिघाट यस क्षेत्रका प्रमुख स्थानहरू हुन् ।

४. राजनीतिक एवं प्रशासनिक विभाजन

सदरमुकाम :– तम्घास                       विकासक्षेत्र :–पश्चिमाञ्चल                                अञ्चल :– लुम्बिनी
निर्वाचन क्षेत्र संख्या :– ३                    इलाका संख्या :– १३                                           गा. वि. स. :– ७५                               न.पा. :–१

इलाका गाविस
इलाका नं. १ – फोक्सिङ्ग, पुर्तिघाट, खड्गकोट, जयखानी, हर्मिचौर, अर्बेनीे (६ गाविस)
इलाका नं. २ – जुनिया, भार्से, जोहाङ्ग, हँसरा, लिम्घा, अश्लेवा, ठूलोलुम्पेक (७ गाविस)
इलाका नं. ३ – हर्राचौर, शान्तिपुर, विशुखर्क, हरेवा, ग्वाघा, भुर्तुङ्ग (६ गाविस)
इलाका नं. ४ – अर्लाङ्गकोट, तुराङ्ग, आँपचौर, कुर्घा, रूपाकोट, दिबु्रङ (६ गाविस)
इलाका नं. ५ – वलेटक्सार, बम्घा, थानपति, ग्वादी, रिमुवा, रुरु (६ गाविस)
इलाका नं. ६ – खज्र्याङ्ग, हर्दिनेटा, पल्लिकोट, दिगाम, हुँगा, दौंघा (६ गाविस)
इलाका नं. ७ – वीरवास, अमर अर्वाथोक, गौंडाकोट, दरवार देवीस्थान (४ गाविस)
इलाका नं. ८ – जुभुङ्ग, वलिथुम, रेसुङ्गा न.पा. (२ गाविस, १ न.पा.)
इलाका नं. ९ – वामी, मुसिकोट, बडागाउँ, पराल्मी (४ गाविस)
इलाका नं. १० – ह्वाङ्दी, दर्लिङ्ग, अर्खवाङ्ग, नेटा, पौदीअमराई, दोहोली (६ गाविस)
इलाका नं. ११ – वाग्ला, हाडहाडे, पिपलधारा, धु. रजस्थल, वस्तु, नयाँगाउँ, जैसिथोक, हस्तिचौर (८ गाविस)
इलाका नं. १२ – अग्लुङ्ग, बाँझकटेरी, म्यालपोखरी, मलयागिरी, सिर्सेनी, पुर्कोटदह, भनभने (७ गाविस)
इलाका नं. १३ – मर्भुङ्ग, छापहिले, घमिर, अर्जे, अमरपुर, इश्मा रजस्थल, दर्लामचौर (७ गाविस)

५. प्रमुख नदीनाला, धार्मिक/दर्शनिय स्थल, ऐतिहासिक स्थल, व्यापारिक महत्वका बजार
गुल्मी जिल्ला पनि नेपालको पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढिरहेको पाइन्छ । यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै रिडी, रेसुङ्गा, अर्जुन, दिब्रुङ, रुद्रवेणी, श्रृङ्गा, पूर्तिघाट, धुर्कोट विचित्र गुफा, दरवार देविस्थान, इस्मा रजस्थल, धुर्कोट रजस्थल, मुसिकोट छन् । यहाँ प्रसिद्ध नदीहरू कालीगण्डकी, रिडी लगायत बडीघाट, छल्दी, पनाह, निस्ती खोलाहरू पनि रहेका छन् ।

६. हावापानी
धरातलिय स्वरुपमा विविधता भएको पहाडी जिल्ला गुल्मीमा विशेष गरेर तीन किसिमका हावापानी पाइन्छ ।
क) उष्ण मनसुन जलवायु :– १५२५ फिट देखि ३००० फिट सम्मको उचाइ भएको क्षेत्रमा यस किसिमको हावापानी पाइन्छ ।
यस किसिमको हावापानी हुने क्षेत्रमा गर्मीमा अत्याधिक गर्मी (३५ं से. सम्म) हुन्छ ।
ख) अर्धोष्ण मौसमी जलवायु :– ३००० फिट देखि ७००० फिट सम्मको उचाइ भएको क्षेत्रमा यस किसिमको हावापानी पाइन्छ । यस क्षेत्रमा  जाडो याममा जाडो हुने र गर्मी याममा गर्मी हुने हुँदा अत्याधिक जाडो वा गर्मी भने हुदैन ।
ग) शीतोष्ण मौसमी जलवायु :– ७००० फिट भन्दा माथिका अग्ला पहाडहरुमा यस किसिमको हावापानी पाइन्छ । यस क्षेत्रमा हिउँदमा हिउँ समेत पर्ने हुँदा अत्याधिक चिसो हुन्छ ।

७. जियोलोजी , माटो तथा भिरालोपन
गुल्मी जिल्लाको सम्पूर्ण भाग मध्य पहाडि पर्वतमालामा पर्ने भएकोले भौगर्भिक वनावट मध्यवर्ति मेटासेडिमेन्टरी चट्टानले बनेको छ । समग्रमा यस जिल्लाको भौगर्भिक वनावटलाई तीन भागमा विभाजन गर्न सकिन्छ । Kirkpatrick, 1987)
क) प्यूठान फिल्लाईट
ख) अर्खा क्रिस्टलिन सीस्ट जोन
ग) ढोर पाटन फिल्लाईट जोन

यस जिल्लाको माटोलाई निम्नानुसार विभाजन गर्न सकिन्छ ।
क) खैरो माटो (Ustochrepts -brown soil)
ख) सुख्खा माटो (Ustrothents – dry , shallow soil)
ग) नरम र हलुका माटो (Haplustalfs – pale red soil)
घ) रातो माटो ९च्जयमगकतबाक (Rhodustafs – red soil)
यस जिल्लामा अग्ला, होचा, बेंसी, खोँच र फाँटहरु रहेका छन् । खेति गरिएको जमिनमध्ये १७ प्रतिशत जमिनको भिरालोपना ३०° भन्दा बढि रहेको छ । यस हिसाबबाट यो जिल्ला नेपालकै सब भन्दा बढि भिरालो जग्गामा खेति गर्ने जिल्ला देखिन्छ ।

८. जनसंख्या
गुल्मी जिल्लामा २०६८ सालको जनगणना अनुसार
कुल जनसंख्या :– २८०१६०      पुरुषः– १२०९९५        महिलाः– १५९१६५           वृद्धि दर :– (–०.४)
घरधुरी संख्या :– ६४९२१          औषत घरधुरी आकार :-४.३१                             जनघनत्व प्रति वर्ग कि.मी. :– २४३

९. पूर्वाधार निर्माण स्थिति
गुल्मी जिल्लामा रिडीदेखि तम्घाससम्मको ४२ कि.मि. सडक कालोपत्रे भैसकेको छ भने जिल्लाको मेरुदण्डका रूपमा रहेका तम्घास–चौरासी–पुर्कोटदह मोटरबाटो र रिडी–रुद्रवेणी–वामी मोटरवाटो कालोपत्रे गर्नको लागि निर्माण कार्य अघि बढिरहेको छ । यस जिल्लाका ७९ वटै गा.वि.स.हरूमा प्राय हिउ“दमा जिप चल्न सक्ने मोटरवाटोले छोईसकेको छ भने करिव आधा जसो गाविसहरूमा हिउँदमा बस संचालन हुने गरेको छ । करिव ९४५ कि.मि. कच्ची सडक यस जिल्लामा निर्माण भैसकेको छ । त्यसैगरी पक्की पुल ९ वटा रहेका छन् । एक दर्जन जति पक्की पुलहरू निर्माणाधिन अवस्थामा रहेका छन् । सरकारी कार्यालयका कतिपय भवनहरू निर्माण भै सकेका छन् भने कतिपय निर्माणाधिन अवस्थामा छन् । गा.वि.स. भवन, विद्यालय भवन र अन्य स्वास्थ्य चौकी तथा उप स्वास्थ्य चौकी भवनहरू नगण्य मात्रामा निर्माण भएका र केही निर्माणाधिन अवस्थामा रहेका छन् भने अधिकांश निर्माण गर्नु पर्ने अवस्थामा रहेका छन् ।
१०. शैक्षिक स्थिति
जिल्लामा शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मका निजी तथा सरकारी शैक्षिक सस्थाहरू रहेका छन । जिल्लाको साक्षरता दर ७५ प्रतिशत छ, जसमा पुरुष ८३ प्रतिशत र महिला ६८ प्रतिशत रहेको छ । जिल्लामा ४५७ वाल शिक्षा, ६१४ प्रा.वि. (संस्थागत समेत), १९७ नि.मा.वि, १३३ मा.वि, ५१ उच्च मा.वि., १० क्याम्पस, १ प्राविधिक शिक्षालय, ५ अनौपचारिक विद्यालय, १८ सामुदायिक अध्ययन केन्द्र, १ मदरसा र निजी विद्यालय ६४ रहेका छन् ।

११. स्वास्थ्य सेवाको अवस्था
सबैका लागि सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने राष्ट्रिय नीति अनुसार गुल्मी जिल्लामा ५० वेडको एउटा जिल्ला अस्पताल, ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र ९एज्ऋ० र २८ वटा स्वास्थ्य चौकी ९ज्ए०, ४८ वटा उपस्वास्थ्य चौकी ९क्ज्ए० छन् । यसैगरी भ्एक्ष् ऋष्लिष्अ घघछ, म्ष्कतचष्अत ऋयमि अजबष्ल ज्ञ, भ्एक्ष् अयमि अजबष्ल कगउउथ अभलतभच (ज्ञण्, गाउँघर क्लिनिक ९एज्ऋ(इच्ऋ०(द्दघट, म्इत्क् क्गद ऋभलतचभ (डज्ञ, ँऋज्ख्(ढढठ, आयुर्वेदिक स्वास्थ्य संस्था(४, म्च। एयउगबितष्यल च्बतष्य( ज्ञस्द्दटढद्दट ९भ्कत।एयउ बक ज्ःक्ष्क् द्दण्टद्धरटछ० ल्गचकभ एयउ। च्बतष्य( ज्ञस्घद्दडण्, एबचबmभमष्अ एयउ च्बतष्य(ज्ञस्ज्ञद्दटड रहेका छन् । समुदायबाट सञ्चालन भएका सामुदायिक अस्पतालहरूले पनि यस क्षेत्रमा सहयोग पु¥याइरहेका छन् भने व्यवसायिक प्रयोजनका लागि जिल्लाभरी खोलिएका निजि क्लिनिकहरूले आधारभुत औषधि र उपचारमा सर्वसाधारणको पहु‘चलाई सहज बनाईरहेका छन् । जिल्लाका ७५ गा.वि.स. र १ न.पा. पूर्ण खोप गा.वि.स. घोषणा भैसकेका छन् । जिल्लावासीको स्वास्थ्य स्थितिमा सुधार ल्याउन गैरसरकारी क्षेत्रले पनि विभिन्न अभियानहरू सञ्चालन गरिरहेका छन् । हाल जिल्लावासीको औषत आयु ६८ वर्ष रहेको छ ।
१२. गैरसरकारी संस्था विवरण
जिल्लामा सामाजिक विकासका विभिन्न गतिविधी सञ्चालन गर्न जिल्लाभित्रै दर्ताभएका र अन्य जिल्लामा दर्ता भई यस जिल्लालाई कार्यक्षेत्र बनाएका राष्ट्रिय र अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरू क्रियाशिल छन् । आ.व. ०७०÷७१ मा नयाँ दर्ता भएका गैरसरकारी संस्थाहरू ३१ छन भने नवीकरण भएका १६८ रहेका छन् । गैर सरकारी संस्था महासंघ, जिल्ला कार्य समिति, गुल्मीमा २६ वटा गैससहरू आवद्ध भई कार्यक्रम संचालन गरिरहेका छन् । साथै जिल्ला विकास समितिमा ल्न्इ म्भकप गठन भई कार्यक्रमलाई समन्वयात्मक रुपमा अगाडी बढाइएको छ ।
१३. सञ्चार सेवाको अवस्था
सञ्चारका विभिन्न माध्यमहरूमध्ये पत्रपत्रिका तथा रेडियो सर्वसाधारणका लागि सर्वसुलभ र प्रभावकारी मानिन्छन् । जिल्ला भित्र साप्ताहिक रुपमा गन्तव्य मार्ग नामको पत्रिका प्रकाशन भैरहेको छ । यस वाहेक सदरमुकाम तम्घासमा रेडियो रेसुङ्गा एफ.एम., गुल्मी एफ.एम., सामुदायिक रेडियो स्काई, श्रृङ्गामा रुरु एफ.एम., पुष्पाञ्जली एफ.एम., वामी र रेडियो वलेटक्सार संचालनमा छन् । जसका कारण जिल्लावासीहरूले स्थानीय तथा राष्ट्रिय खोजखबरका साथै सार्वजनिक सरोकारका विषय तथा सवालहरू समयमै सुन्न र जान्न पाउ“छन् । यस जिल्लामा अन्य संचारको सेवा यस प्रकार रहेको छ ।

हुलाक कार्यालय संख्या— ७६  (जिल्ला —१, इलाका—१४, अतिरिक्त—६१),   टेलिसेन्टर सेवा – ९ वटा
एफ.एम. संख्या— ६,     केबुल नेटवर्क— ८,     टेलिफोन सेवा पुगेका गा.वि.स. :- ७५
साधारण लाईन (PSTN) वितरण :— १२१४,   मोवाईल (GSM) ग्राहक संख्या :— ८२३१८
मोवाईल (CDMA) ग्राहक संख्या :— २२२६४,  सि.डि.एम.ए. सेट ग्राहक संख्या ः— १३४७
ADSL ग्राहक संख्याः— ३००  ,    Wi-Max— १८५
(श्रोत :- जिल्ला प्रशासन कार्यालय, जिल्ला हुलाक कार्यालय, जि.वि.स.को कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल टेलिकम, गुल्मी)

 

 


Skip to toolbar